लक्षिता भईन् हेल्दी बेबी


भाद्र १२, धरान । धरान जेसीजले आयोजना गरेको सप्ताह व्यापी कार्यक्रमको तेस्रो दिन आयोजित हेल्दी बेबी प्रतियोगिताको उपाधि लक्षिता श्रेष्ठले हात पारेकी छिन् । धरान ९ स्थित बुद्ध आदर्श बो.स्कुलमा सम्पन्न प्रतियोगितामा मन्टेश्वरी किन्डर गार्डेनकी लक्षिता श्रेष्ठले उपाधि हात पारेकी हुन् ।

प्रतियोगितामा रोज एन्ड वर्ड मन्टेश्वरीका जेसन आचार्य दोस्रो र दिल्ली पब्लिक स्कुलका अरब अग्रवाल तेस्रो भए । विजेताहरुले शिल्ड, प्रमाणपत्र, खेलौना साथै विभिन्न उपहारहरु दिइएको थियो ।

यसै गरी प्रतियोगितामा बेष्ट स्कीन आर्सीया अधिकारी, बेष्ट स्माईल सनया अग्रवाल, वेष्ट हेयर सुम्निमा राई, मिस ट्यालेन्ट आयना राई, मास्टर ट्यालेन्ट आरब खतिवडा, वेष्ट डे«स बाबु पराजुली, मिस फोटो जेनिक आयना राई, मास्टर फोटो जेनिक आरब श्रेष्ठ भए ।

भाग्यमानी बालक जेसन आचार्य, भाग्यमानी बालिका नेहा श्रेष्ठ र भाग्यमानी अभिभावक श्रीमती बनिता मास्के घोषित भए ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल–निर्देशक प्रा.डा.गौरीशंकर शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको संयोजन धरान जेसीजका सदस्य शर्मिला राईले गरेकी थिइन् ।

बालबालिकाको शारीरिक, मानसिक, सामाजिक र आत्मिक विकासका लागि उक्त प्रतियोगिता आयोजना गरिएको धरान जेसिजका अध्यक्ष सन्दिप शाक्यले बताए ।

कार्यक्रमका प्रमुख निर्णायक बिपी कोइराला स्वा.विज्ञान प्रतिष्ठानका वरिष्ठ बाल रोग विशेषज्ञ डा.वसन्त राई, डा.अरुणकुमार सिंह, डा. राजन पौडेल, फोटो पत्रकार विकास चाम्लिङ राई, मिस एस एल सी २०१५ की विजेता एलिसा लिम्बु, मिस मंगोल नेपाल २०१५ की फस्ट रनरअप स्वरुपा थापा र फेशन डिजाईनर मेरिना राई रहेका थिए । प्रतियोगितामा धरानका निवासी ३ देखि ५ वर्षका १ सय ४ जना बालबालिकाहरुले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 20 =