शाहरूखले रनवीरलाई पुरस्कार किन दिए त ?

एजेन्सी । शाहरूख खानले रनवीर कपुरलाई भारतिय पाँच हजार रूपैयाँ दिएका छन् । उनले सो रकम पुरस्कार स्वरूप रनवीरलाई दिएका हुन् । शाहरूखले रनवीरलाई पुरस्कार किन दिए त, त्यो पनि पाच हजार रूपैयाँ ?

यसको सुरूवात शाहरूखको आउँदो फिल्म ‘जब ह्यारी मेट सेजल’ को नामबाट भएको हो ।

यो फिल्मको नामबारे निकै चर्चा भइरहेका बेला ‘जब ह्यारी मेट सेजल’ टुंगो लागेपछि रनवीरले यो नाम आफूले सिफारिस गरेको भन्दै ट्वीट गरेका थिए । उनले लेखेका थिए, ‘म शाहरूखसँग भेट्न स्टुडियोमा गएको बेला मैले यो नामको सुझाव दिएको थिएँ।  त्यसबेला सबैले बकवास नाम भनेका थिए । तर, अहिले पोस्टर रिलीज भएपछि मैले भनेकै नाम राखिएछ । मेरो खुसीको सीमा नै रहेन ।’

उनले यति मात्र नभएर शाहरूखलाई सन्देश पनि दिएका थिए । उनले भनेका थिए, ‘शाहरूख सर, म आफ्नो पुरस्कार लिन आउँदैछु । ५ हजार रुपैयाँ नगद तयार राख्नुहोला ।’

शाहरूखले रनवीरलाई इम्तियाज अलीको जन्मदिनको पार्टीमा भेटेका बेला ५ हजार भारू हातमा दिदैं रनवीरले नै उक्त नाम सिफारिश गरेको स्वीकारेका थिए । शाहरूखले रनवीरलाई पैसा दिदैं गरेको फोटो पनि सेयर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + five =