ट्रक पल्टिँदा मोटरसाइकल सवारको मृत्यु
२०७४ जेठ १५ गते

असार ५ । तिनपिप्लेबाट बाईपासतर्फ आउँदै गरेको बा २ ख ५०५३ नम्बरको ट्रक खाल्डोमा परि पल्टिदाँ सोही दिसा तर्फ गइरहेको बा ७० प २६१८ नम्बरको मोटरसाइकललाई थिचेपछि मोटरसाइकल सवार २१ वर्षिय अनुषा तामाङ्गको मृत्यु भएको छ ।

तामाङ्गको नयाँ बजारस्थित पिपुल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । महानगरिय ट्राफिक डिभिजनका अनुसार अपराह्न पौने तीन बजे उक्त घटना घटेको थियो भने सवा तीन बजे तामाङ्गको मृत्यु भएको थियो ।
दुर्घटना गराउने ट्रक र चालक हाल प्रहरी वृत्त बालाजुको नियन्त्रणमा रहेको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








