शीतलहरले जनजीवन प्रभावित,अस्पतालमा बिरामीको चाप बढ्यो

कञ्चनपुर,  पुस २१ ।  मौसम परिवर्तनसँगै कञ्चनपुरमा तीन दिन यता शीतलहर चलिरहेको छ । बिहानैदेखि बाक्लो हुस्सु लाग्ने र दिउँसो चिसो हावासहित शीतलहर हुने गरेको हो ।

चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ । चिसोबाट सुकुम्बासी र आरक्ष पीडित बस्ती तथा स्कुले बालबालिका बढी मारमा परेका छन् । बृद्धबृद्धा पनि चिसोको समस्यामा परेका छन् । अत्याधिक चिसोले सर्वसाधारणकोे दैनिकी नै प्रभावित बनेको छ ।

सर्वसाधारणले चिसो छल्न ठाउँठाउँमा आगो तापेर दिन बिताईरहेका छन् । बाक्लो हुस्सुले राजमार्गलगायत सडकमा नजिक देख्न पनि कठिन हुँदा सवारी सञ्चालनमै गाह्रो भएको छ । शीतलहर र बाक्लो हुस्सुकै कारण सवारी दुर्घटना बढ्न थालेको छ । चिसोका कारण महाकाली अञ्चल अस्पतालमा बिरामीको चाप पनि बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =