कालिगण्डकी नदीमा भेटियो टाउको नभएको महिलाको शव
२०७४ जेठ १५ गते

“
गुल्मी, असार १५ । गुल्मीको कालिगण्डकी नदिमा टाउको नभएको महिलाको शव फेला परेको छ । गुल्मी जिल्ला प्रहरीले जिल्लाको कालिगण्डकी गाउँपालिका–४ स्थित कालिगण्डकी नदीमा बिहिबार टाउको देखि तलको भाग मात्रै रहेको अपरिचित महिलाको शव फेला पारेको हो ।
शवको टाउकाको भाग नरहेको र तलको शरिर पनि नग्न रहेकाले अन्दाजी उमेर सम्म भन्न नसकिने प्रहरीले बताएका छन् । बाग्लुङ्ग, पर्वत र गुल्मीको सिमानामा पर्ने पुर्तिघाट स्थित कालिगण्डकी किनारमा उक्त शव फेला परेको हो । घटनाको अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, केहि महिना अघि सोही स्थानमा गर्भपतन गराउन नमाने पछि एक युवतीलाई प्रेमीले हत्या गरी फालेका थिए । ति युवती बाग्लुङ्गकी थिईन् भने प्रेमी पर्वतका थिए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








