‘ठेकीभित्र मदानी’ भन्दै केकीले कम्मर मर्काइन्
मकालु खबर
२०७६ पुस २४ गते
पुस २४, काठमाडौँ । चर्चित गायिका अन्जु पन्त र गगन सरगमको आवाज रहेको ‘ठेकीभित्र मदानी’ बोल भएको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
सुब्रत राज आचार्यले निर्देशन गरेको यस गीतमा नायिका केकी अधिकारीले मोडल विजु पार्कीसँग कम्मर मर्काएकी छिन् । यस भिडियोको कोरियोग्राफी सुरेश बसेलले गरेका हुन भने नविन निरौलाको सम्पादन रहेको छ ।
कपिल कस्पालको शब्द रहेको गीतमा निमको संगीत रहेको छ भने छायाँकन नवराज उप्रेतीले गरेका छन् । यस गीतमा ठेकी, भकारी, बुईकल, मदानी जस्ता ठेट नेपाली शब्दहरु प्रयोग गरिएको छ ।
https://youtu.be/xd7L5poz8QY
मकालु खबर
२०७६ पुस २४ गते
प्रतिक्रिया
सम्बन्धित