‘ठेकीभित्र मदानी’ भन्दै केकीले कम्मर मर्काइन्

पुस २४, काठमाडौँ । चर्चित गायिका अन्जु पन्त र गगन सरगमको आवाज रहेको ‘ठेकीभित्र मदानी’ बोल भएको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।  

सुब्रत राज आचार्यले निर्देशन गरेको यस गीतमा नायिका केकी अधिकारीले मोडल विजु पार्कीसँग कम्मर मर्काएकी छिन् ।  यस भिडियोको कोरियोग्राफी  सुरेश बसेलले गरेका हुन भने नविन निरौलाको सम्पादन रहेको छ ।  

कपिल कस्पालको शब्द रहेको गीतमा निमको संगीत रहेको छ भने छायाँकन नवराज उप्रेतीले गरेका छन् ।  यस गीतमा ठेकी, भकारी, बुईकल, मदानी जस्ता ठेट नेपाली शब्दहरु प्रयोग गरिएको छ ।   

Image result for ‘ठेकीभित्र मदानी’

https://youtu.be/xd7L5poz8QY 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *