“एन आई सी एशिया क्यापिटलद्वारा “”मोबाइल एप”” सेवाको थालनी”

काठमाडौँ, असार १३ । एन आई सी एशिया क्यापिटलले मोबाइल एप सेवाको थालनी गरेको छ । लगानीकर्तालाई सबल, सूचित तथा उपयुक्त निर्णय लिन विभिन्न माध्यमबाट क्षमता अभिवृद्धिको सेवाहरु प्रदान गर्दै आएको एन आई सी एशिया क्यापिटलले मोबाइल एप सेवाको थालनी गरेको हो ।

मोबाइल एपमार्फत प्रयोगकर्ताले आफ्नो डिम्याट खाताको सम्पूर्ण जानकारी प्राप्त गर्नुका साथै एन आई सी एशिया क्यापिटलको सामूहिक लगानी कोषको प्रति ईकाई मुल्य (NAV) को जानकारी, नेप्से बजार रिपोर्टका साथै एन आई सी एशिया क्यापिटलले प्रदान गर्दै आएको बृहत सेवाका बारेमा जानकारी प्राप्त गर्न सक्नेछन् ।

सो एन आई सी एशिया क्यापिटल मोबाइल एप हाल एण्ड्रोईडको प्ले स्टोर र केहि दिनमा एप्पल मोबाइलकोे ऐप स्टोरमा निःशुल्क उपलब्ध हुने भएको छ ।

एन आई सी एशिया क्यापिटल मोबाइल एपमा समय सापेक्ष परिवर्तन गर्दै अत्याधिक जानकारीमुलक सेवाहरु प्रविष्ट गर्दै जाने एन आई सी एशिया क्यापिटलका व्यापार व्यवस्थापन विभाग प्रमुख राघब पोखरेलले जानकारी दिएका छन् ।

एन आइ सी एशिया क्यापिटलले उच्चतम प्रविधिको प्रयोगबाट गुणस्तरीय, किफायती र शिघ्रातिशिघ्र सेवा प्रदान गर्ने एन आई सी एशिया क्यापिटलको प्रतिबद्धताक्रमा यस मोबाइल एप ले थप मजबूती दिनुका साथै सेवाग्राहीहरुसँग सामिप्यता बढाउन यस एपले महत्वपूर्ण भूमिका खेल्ने पनि विश्वास लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − seven =