नायिका प्रियंका भईन् श्रीमानकाे कारण ट्रोलकाे शिकार

  

भाद्र १८, भारत ।  नायिका प्रियंका चोपडाले इन्स्टाग्राममा श्रीमान् निक जोनसको उमेर गलत लेखेपछि ट्रोलको शिकार भएकी छिन् । वास्तवमा, नायिकाले निकसँगको एउटा फोटो सेयर गर्दै उनलाई टकिला ब्रान्ड भिल्ला भ्यानको लञ्चमा बधाई दिइन् । उनले लेखेकी छिन्, ‘तपाईंमाथि गर्व छ । २७ वर्षको उमेरमा तपाईं आफ्नै टिकलाको मालिक हुनुहुन्छ ।’ 

पोस्ट हेरेपछि थुप्रै इन्स्टा प्रयोगकर्ताले उनलाई निकको उमेर २७ नभई २६ भएको याद दिलाए । 

Image result for pyanka chopada with nik

मानिसहरुले गरे यस्तो कमेन्टः 

एक प्रयोगकर्ताले लेखे, ‘उनी अहिले २६ वर्षमा छन्, २७ होइनन् ।’ 

एक अन्य प्रयोगकर्ताले लेखे, ‘तिमी उसको लायक नै छैनौं । तिमीलाइ उसको सही उमेर पनि थाहा छैन ।’ 

यस्तै, एक प्रयोगकर्ता लेख्छन्, ‘जब तपाईंले उमेर भिन्नतालाई कम गर्ने कोसिस गरे । उनी २६ वर्षका हुन् ।’ 

स्मरण रहोस्, निकको जन्म १६ सेप्टेम्बर सन् १९९२ मा भएको थियो । यो हिसाबले उनी अहिले पनि २६ वर्षका छन् । ३७ वर्षकी प्रियंकाले डिसेम्बर २०१८ मा निकसँग विवाह गरेकी हुन् । एजेन्सी 

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =