काठमाडौंमा इन्द्रजात्राको रौनक, वर्षाले रोकेन राजधानीबासीलाई (फोटो फिचर)


२० भदौ, काठमाडौं । वर्षा र सहकालका रुपमा पिजित इन्द्र देवतालाई संम्झँदै मंगलबार इन्द्रजात्रा भब्यताका साथ मनाईएको छ । इन्द्रजात्राका अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक विदा समेत दिएको छ ।

जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरी इन्द्रजात्रा पर्व मनाइएको छ । जीवित देवीका रूपमा रहेकी शाक्य जातकी कुमारी, दुई बालक गणेश र भैरवका रूपमा बेग्लाबेग्लै रथमा बसन्तपुर दरबार परिसरस्थित तल्लो टोलमा रथ तानिएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बसन्तपुर दरबार क्षेत्रमा पुगेर इन्द्रजात्राको अवलोकन गर्नुभएको थियो ।
इन्द्रलाई वर्षा र सहकालको देवताको रुपमा पुज्ने गरिन्छ ।

८ दिनसम्म मनाइने इन्द्रजात्रा आइतबारबाट सुरु भएको थियो । काठमाडौंको बसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याएर इन्द्रजात्राको सुरुवात गरिएको थियो ।

भक्तपुरको चित्तपोलबाट ल्याइएको लिंगो हनुमानढोकामा ठड्याएपछि इन्द्रजात्रा सुरु गर्ने चलन रहेको छ । लिंगो गाड्ने चलन शाह वंशीय राजा प्रतापसिंह शाहको पालामा सुरु भएको मानिन्छ । इन्द्र जात्रा सुरु भएसँगै यसको विशेष आकर्षण मानिने पुलुकिसी र लाखे नाच पनि सुरु हुन्छ ।
तस्विरहरुः शंकर भुजेल











