भूकम्पबाट सुरक्षित हुन चेतनामुलक कार्यक्रम सम्पन्न

 

माघ, २ धरान । भूकम्प सुरक्षा दिवसका अवसरमा आज धरानमा विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ । 

भूकम्प सुरक्षा दिवस जिल्ला समारोह समिति सुनसरी धरानको आयोजनामा धरान बजार भूकम्प प्रभावित क्षेत्रमा भूकम्पबाट कसरी सुरक्षित हुने भन्ने विषयमा केन्द्रित भिडियो प्रदर्शन गरिएको थियो । 

null

यस्तै, भूकम्पका बेला कसरी सुरक्षित हुन सकिन्छ भन्नेबारेमा विभिन्न अभ्यास समेत सिकाइएको थियो भने भुकम्पबाट बच्ने उपायका बारेमा नाटक समेत प्रदर्शन गरिएको थियो 

‘विपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पूरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानि सरकार’ भन्ने नारासहित आयोजित कार्यक्रममा स्थानिय सबै सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + nineteen =