कांग्रेसका पूर्वजिल्ला सभापति कार्कीको निधन

माघ १२, पाल्पा । नेपाली काँग्रेस पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ । मिर्गौला रोगबाट पीडित उनको आज विहान उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको नेपाली काँग्रेस पाल्पाका सचिव झपिन्द्र गैरेले जानकारी दिए । उनले मिर्गौलाको डायलायसिस गराउँदै आएका थिए ।   

पाल्पाको रम्भा गाउँपालिका–५ ताहूँमा विसं २००० मा जन्मनुभएका उनी  वि।सं २०४८ मा  क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । विसं २०५१ देखि २०५६ सम्म उनले काँग्रेस पाल्पाको जिल्लासभापतिको जिम्मेवारी वहन गरेका थिए । 

रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eleven =