भ्रष्टचारी चूडामणि शर्मालाई फेरि कष्ट !

काठमाडौं, माघ १५ । आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माविरुद्ध विशेष अदालतमा मुद्धा दायर भएको छ । ४ करोड २९ लाख ५४ हजार एक सय २४ रुपैयाँ अकुत रुपमा जम्मा गरेको पुष्टि गर्दै मुद्दा दर्ता गरिएको छ ।

सरकारी पदमा रहेर अकूत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा (१६) को खण्ड (ग) तथा उपदफा (२) दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ दफा २९ को खण्ड (ख) बमोजिम बिगो बराबरको सम्पत्ति जफत र सजाय माग गरेर मुद्दा दर्ता गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता पद्मप्रसाद पाण्डेयले बताए ।

सरकारी सेवामा प्रवेश गरेपछि शर्माले कूल ३ करोड ६३ लाख ७२ हजार ९ सय ६१ रुपैयाँ बैध रुपमा आर्जन गरेको अख्तियारको अनुसन्धानले देखाएको छ । तर शर्माले सो अवधिमा रु ७ करोड ९३ लाख २७ हजार ८५ रुपैयाँ खर्च गरेका छन् ।

अख्तियारले गरेको अनुसन्धानबाट शर्माले गरेको आम्दानी र खर्चको अनुपात ४ करोड २९ लाख ५४ हजार १ सय २४ रुपैयाँको छ । र सो बराबरको सम्पत्तिको स्रोत नखुलेको अख्तियारको छानवीनबाट पत्ता लागेको छ ।

शर्माले गागी, घर, शेयर खरिदमा ७ करोड ९३ लाख रुपैयाँ खर्चका गरेका अख्तियारको छानवीनबाट खुलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =