झापामा कुकर बम फेला परेपछि..

झापा, २९ वैशाख । झापा जिल्लाको कन्काइ नगरपालिका माइधारमा शंकास्पद बस्तु फेला परेको छ । आइतबार बिहान पुलनजिकै स्थानीयले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । कुकरको बाहिर जेलिएर राखिएको उक्त शंकास्पद बस्तु बम भएको आशंका गरिएको छ । 

 

शंकास्पद बस्तु डिस्पोज गर्न चारआलीबाट आएको सेनाको टोलीले डिस्पोज गर्न नसकेपछि अहिले इटहरीबाट सेनाको टोलीलाई बोलाइएको प्रहरीले जनाएको छ ।  

null

 

पूर्व पश्चिम राजमार्ग अन्तरगतको सडक खण्डमा बम फेला परेपछि बिहान २ घण्टादेखि सवारीसाधन रोकिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =