धरानमा डी एस कलेक्सनको समर फेसन शोे सम्पन्न

धरान, असार १० । फेसनमा नेपालमा नै अग्रस्थानमा आउने शहरको नाम हो धरान । धरानमा कुनै न कुनै प्रकारको ग्ल्यामर कार्यक्रमहरु प्रायः भई नै रहन्छन् । सोही सिलशिलामा शनिबार साँझ डी एस कलेक्सन धरान-९ को आयोजनामा समर फेसन शोे सम्पन्न भएको छ ।

डी एस कलेक्सनको आयोजना तथा वास्टीनर बियरको सहयोगमा उक्त फेसन शो को संयोजन बिमल राईले गरेका थिए ।

धरान १५ स्थित भिन्टेज रेष्टुरेन्ट एण्ड बारमा आयोजित उक्त शो मा धरान, काठमाडौँ लगायतका १३ जना सुपर मोडलहरुले वाक गरेका थिए ।

उक्त समर फेसन शो मा डि एस कलेक्सनको डिजाइनको पहिरनमा मोडलहरु प्रस्तुत भएका थिए भने शो मा ब्लाक फ्लावर, म्याजीक टुपिस ड्रेस, पोल्का डट,रफ लक,क्लज साईज,तथा सफ्ट नेट ड्रेसमा मोडलहरुले शो गरेका थिए ।

जसमा मोडलहरु बर्षा थकाली,बिपना श्रेष्ठ,माकना भुजेल,प्रज्ञा भण्डारी,प्रमु गुरुङ,रबिना केसी,सबिना श्रेष्ठ,रिहन्ना लिम्बु,लुमी कायस्थ,सन्दीपा लिम्बु,सुदिपा पाठक तथा मिस नेपाल ईन्टरनेश्नल २०१७ की बिजेता निति शाहले समेत आफना प्रस्तुुती राखेकी थिईन ।

राति ८ बजे देखि सुरु भई ११ बजे सम्म चलेको कार्यक्रममा सयौँको संख्यामा दर्शकहरुको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन भने मिस मंगोल सरुपा थापा मगरले गरेकी थिईन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 3 =