विवाह बन्धनमा बाँधिदै रवि लामिछाने र निकिता पौडेल

 

माघ ७, काठमाडौँ । पत्रकार रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल अन्ततः विवाह बन्धनमा बाँधिने भएका छन् । 

रवि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमामा स्टाटस लेख्दै आउँदो वैशाखमा विवाह गर्ने जानकारी गराएका हुन् । उनीहरुले कानुनी रुपमा जिल्ला अदालत काठमाडौँमा सोमबार विवाह दर्ता गराएका छन् । 

null

रविले फेसबुकमा लेखेका छन्, ‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ। एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैँले कानुनी रुपमा काठमाडौं जिल्ला आदालतमा बिवाह दर्ता गरेका छौँ। यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबै प्रति जसरी मानसिक यातना नै हुने गरि अनवरत समाचार र खोजविन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाँचो पर्यो।’ 

यसअघि पत्रकार रविको जेठी श्रीमती ईशा लामिछानेसँग डिभोर्स भएसँगै लामिछाने र पौडेलको सम्बन्धको चर्चा चलेको थियो । 

पूर्वपत्नी ईशाले रविलाई चौँथो सम्बन्धका लागि शुभकामना समेत दिएको समाचारहरु सार्वजनिक भएका थिए । 

‘हामी समस्त दर्शक शुभ चिन्तक, परिवार इस्टमित्रहरु बाट एउटै मात्र कुरा चाहन्छौ, आशिर्वाद। परम्परागत रुपमा हामी आउदो बैशाखमा बिवाह गर्ने छाैँ। यो हाम्रो नितान्त व्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनाँनाैँ भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुबैजना यो निर्णयबाट एकदमै खुशी छौ। र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौ’, रविले फेसबुकमा लेखेका छन् । 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + fourteen =