आफैँलाई गोली हान्न लगाउने धर्मगुरु आचार्य ५ हजार धरौटीमा छुटे

काठमाडौँ, असार ८ । आफैँलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवास धरौटीमा छुटेका छन् ।

आफैँलाई गोली हान्न लगाएर २४ वैशाखमा पक्राउ परेका आचार्य श्रीनिवास जिल्ला प्रशासन कार्यलयमा ५ हजार धरौटी बुझाएर छुटेका हुन् ।

उनलाई जिल्ला प्रशासन कार्यालयले हातहतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

तर, त्यसविरुद्ध मुलुकी ऐनको अदालती बन्दोवस्तको महलको १७ नम्बर अनुसार श्रीनिवासले जिल्ला अदालतमा पुनरावेदन गरेका थिए । र, जिल्ला अदालतको आदेशमा उनलाई जिल्ला प्रशासन कार्यालयले धरौटीमा रिहा गरेको हो ।

 

गत २५ चैतमा शौच गर्न निस्किएका बेला उनीमाथि विराटनगरको जतुवामा गोली प्रहार भएको थियो । उनको दायाँ छातीको कुम मुनिको भाग छेडेर गोली पार भएको थियो । लगत्तै, प्रहरी अनुसन्धान थालेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =