त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण ठप्प

भाद्र ३१, काठमाडौँ । मंगलबार बिहान देखी परेको लगातार वर्षाको कारण काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरणमा ठप्प पारिएको छ ।   

भिजिबिलिटी नपुगेपछि मंगलबार दिउँसो सवा दुई बजेदेखि बिमानको अवतरण बन्द गरिएको विमानस्थल कार्यालयले जानकारी गराएको छ ।   

प्रतिकुल मौसमका कारणले विमान अवतरण बन्द भएपनी विमानस्थलबाट हुने उडान भने नरोकिएको उक्त कार्यालयले जानकारी दिएको छ ।  विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीका अनुसार बिहान केहीबेर बन्द र खुला रहँदै आएको विमानस्थलमा अहिले फेरि अवतरण नै बन्द गरिएको हो ।   

Image result for त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

मंगलबार निर्धारित अधिकांश आन्तरिक उडान रद्द र डिले भएको वायु  सेवा  कम्पनीहरुले जनाएको छ ।   

बिमान अवतरण बन्द भएपछी  नेपाल एअरलाइन्स, इन्डिगो, लायन एअरलगायतका विमानले पटक- पटक काठमाण्डौ आसपासको आकासमा फन्को लगाइरहेका छन् । दैनिक ३ सयभन्दा बढी आन्तरिक उडान तथा ७० भन्दा बढी अन्तर्राष्ट्रिय उडान त्रिभुवन विमानस्थलबाट हुने गरेको छ ।   

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =