त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण ठप्प

भाद्र ३१, काठमाडौँ । मंगलबार बिहान देखी परेको लगातार वर्षाको कारण काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरणमा ठप्प पारिएको छ ।
भिजिबिलिटी नपुगेपछि मंगलबार दिउँसो सवा दुई बजेदेखि बिमानको अवतरण बन्द गरिएको विमानस्थल कार्यालयले जानकारी गराएको छ ।
प्रतिकुल मौसमका कारणले विमान अवतरण बन्द भएपनी विमानस्थलबाट हुने उडान भने नरोकिएको उक्त कार्यालयले जानकारी दिएको छ । विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीका अनुसार बिहान केहीबेर बन्द र खुला रहँदै आएको विमानस्थलमा अहिले फेरि अवतरण नै बन्द गरिएको हो ।
मंगलबार निर्धारित अधिकांश आन्तरिक उडान रद्द र डिले भएको वायु सेवा कम्पनीहरुले जनाएको छ ।
बिमान अवतरण बन्द भएपछी नेपाल एअरलाइन्स, इन्डिगो, लायन एअरलगायतका विमानले पटक- पटक काठमाण्डौ आसपासको आकासमा फन्को लगाइरहेका छन् । दैनिक ३ सयभन्दा बढी आन्तरिक उडान तथा ७० भन्दा बढी अन्तर्राष्ट्रिय उडान त्रिभुवन विमानस्थलबाट हुने गरेको छ ।









