सभामुख र उपसभामुखको पार्टीबारे बहस गर्नु जरुरी छैन– सभामुख महरा

“
काठमाडौँ, असार ७ । संघीय संसद्का सभामुख कृष्ण बहादुर महराले सभामुख र उपसभामुखले पार्टीबाट राजीनामा दिइसकेकाले यसबारे बहस गर्नु उचित नहुने धारणा व्यक्त गरेका छन् ।
पत्रकार महासंघ दाङले आज बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा महराले उपसभामुख र सभामुख कुनै पनि पार्टीको सदस्य नरहेकाले यसबारे प्रश्न उठाउन जरुरी नभएको बताएका हुन् ।
पत्रकार महासंघ दाङ शाखाले आज विहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा महराले सभामुख र उपसभामुखले पार्टी सदस्यबाट राजीनामा दिइसकेकाले यसबारे बहस गर्नु उचित नहुने धारणा व्यक्त गरेका हुन् । प्रतिपक्षी काँग्रेसले सभामुख र उपसभामुख एउटै पार्टीको भएको भन्दै बिरोध जनाइरहेको बेला महराले यसबारे प्रश्न उठाउनै नमिल्ने बताए ।
सभामुख र उपसभामुख सबैको साझा भइसकेको सन्दर्भमा पार्टीको कुरा जोडेर विवाद गर्नु सान्दर्भिक नहुने उनले बताए । प्रतिपक्षीले आवाज उठाएकै कारण सभामुख र उपसभामुख परिवर्तन हुन नसक्ने उनको भनाइ थियो ।
“








