समृद्ध समानता र सबल राष्ट्रको आधार गाँउदेखी केन्द्र सम्म एमालेको सरकार

लोकेन्द्र थापा, नेपालगंज । समृद्ध समानता र सबल राष्टूको आधार गाँउदेखी केन्द्र सम्म एमालेको सरकार भन्ने मुल नाराका साथ प्रदेश नम्बर ५ को दुइ दिने अभिमुखीकरण कार्याक्रम बाँकेको नेपालगन्जमा आज देखि सुरुभएको छ । नेकपा एमालेले प्रदेश नम्बर ५ मा पार्टीका तर्फबाट निर्वा्चित जनप्रतिनिधीहरुका लागि  दुईदिने अभिमुखिकरण मङ्गलबारदेखि नेपालगन्जमा सुरु भएको  छ । अभिमुखिकरणको नेकपा एमालेका कार्यबाहक अध्यक्ष बामदेव गौतमले उद्घाटन गर्नुभएको छ  ।
उद्घाटन कार्यक्रममा बोल्दै गौतमले नेकपा एमालेले जित्न सक्छ र एमालेको जितलाई रोक्नको लागी देश भित्र र बाहीरका शक्तिहरुले बिभिन्न षड्यन्त्रहरु गरेता पनि नेपाली जनताले अहिलेसम्म भएका दुइवटा स्थानीय चुनावमा एमालेलाई पहिलो पार्टी बनाएका छन । नेपाली कांग्रेस लगाएत सत्ताघारी पार्टीहरु र नेपालको संबिधान कहिले मान्ने र कहिले मान्दैन भन्ने आफुलाई मधेसबादी पार्टी भन्ने र छि पुर्नगठित भएका राजपाका नेताहरुले नेपाको तराई मधेस बाट नेकपा एमालेलाई सखाप बनाई दिन्छु भन्ने लाइ पहिलो र दोस्रो चरणको निर्बाचनमा हामीले देखाई दिउ कि नेकपा एमाले हिमालमा, पहाडमा मात्र होईन तराई मधेसमा मात्र होईन यो सिंङ्गो राष्टूको पहिलो पार्टी भएर देखाएको पनि गौतमले उल्लेख गर्नु भयो ।
उनले दुई नम्बर प्रदेशमा पनि स्थानीय तहमा एमाले पहिलो दल बन्ने दावी गर्दै प्रदेश र संघको निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन । अभिमुखिकरणमा एमालेका उपमहासचिव तथा प्रदेश संयोजक विष्णु पौडेल, सचिव गोकर्ण बिष्ट र प्रदिप ज्ञवाली, स्थायी कमिटी सदस्य शंकर पोख्रेल र छबिलाल बिश्वकर्मा लगायतका नेताहरुको सहभागिता रहेको छ । एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले जननिर्वा्चित पदाधिकारीलाई विकास र जनसेवाका लाग्न मार्ग्निर्देशन गरेर जिल्लामा पठाईने बताए ।
अभिमुखिकरणमा बिष्याबिज्ञको रुपमा नेपाल राष्टू बैङ्कका पुर्ब गर्भनर डा. युवराज खतिवडा, स्थानीय तह पुनसंरचना आयोगका अध्यक्ष बालानन्द शर्मा, भुकम्प पुननिर्माण प्राधिकरणका पुर्ब प्रमुख कार्यकारी सुशिल ज्ञवाली, पुर्ब नगरप्रमुख डोरमणी पौडेल, अधिबक्ता रमेश बडाल लगायतले प्रशिक्षण दिनुहुने कार्यक्रम छ । समापनमा नेकपा एमालेका नेता तथा पुर्ब प्रधानमन्त्री माधवकुमार नेपालको समेत उपस्थिती रहने भएको छ ।  अभिमुखिकरणका प्रत्येक तहबाट निर्वा्चित दुईजना जननिर्वा्चित प्रतिनिधीहरुको सहभागिता रहेको छ । स्थानीय तहका प्रमुख र उपप्रमुख पराजित भएका स्थानबाट वडा अध्यक्षहरुको सहभागिता गराइएको छ । अभिमुखिकरणमा प्रदेश ५ का स्थानीय तहबाट विजयी १५८ जना प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुको सहभागिता रहेको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =