देवकोटाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीको लागि न्यूरो अस्पतालमा राखिने

काठमाडौँ,असार, ४ । देवकोटाको पार्थिव शरीरलाई मंगलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीको लागि न्यूरो अस्पतालमा राखिने अस्पतालले जनाएको छ।

त्यसपछि पशुपति आर्यघाट लगेर अन्तिम संस्कार गरिने भएको छ। यसैबीच उनको काजक्रिया पत्नी मधु दीक्षित, छोरीहरू मेधा, बसुधा र मञ्जरीले गर्ने पारिवारिक स्रोतले जानकारी दिएको छ। उनको काजकिरिया ७ दिनमा सकिने र हेपाली हाइटमा हुनेसमेत जनाइएको छ।

बिस २०१० साल पुस १० गते गोरखाको आँपपिपलमा जन्मिएका देवकोटा २०२६ सालको एसएलसी बोर्डमा समेत परेका थिए।

वीर अस्पतालमा सेवा गरेका देवकोटाले नेपालमा न्यूरो सर्जरी सेवालाई विस्तार र विकास गर्न महत्वपूर्ण योगदान दिएका थिए।

वीर अस्पतालमा पहिलो पटक न्यूरो सर्जरी विभाग स्थापना गर्ने श्रेय समेत देवकोटालाई जान्छ। उनी स्वास्थ्य मन्त्री हुँदा निकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नेम्सको स्थापना गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =