गाउँपालिकाका प्रमुखद्वारा सञ्चारकर्मी माथी दुर्व्यहार

पुस २३, दुहवी । सुनसरीको गढी गाउँपालिका २ स्थित औरावनीका स्थानिय संचारकर्मी सुरेन्द कुमार चौधरीलाई गढी गाउँपालिकाका प्रमुख श्रीप्रसाद यादवले दुर्व्यहार गरेका छन । सोमवार यादवले आफ्नै कार्यकक्षमा संचारकर्मी चौधरीलाई बोलाइ ढोका थुनेर दुर्व्यहार गरेका हुन ।
४ दिन अगाडी गढी गाउँपालिका प्रमुखले विद्यालयमा आफन्तलाई भर्ना गरेको बिषयमा समाचार लेखेको बिषयलाई लिएर पत्रकार चौधरीलाई हप्की दप्की गर्दै ‘मेरो बारेमा समाचार किन लेखेको’ भन्दै गाली गलोज गरी दुर्व्यहार गरेका थिए ।
संचारकर्मी सुरेन्द कुमार चौधरीका अनुसार समाचार लेखेको बिषयमा दुर्व्यहार तथा गाली गलोज गर्न थालेपछि आफुले मोवाइलमा रेकर्ड गर्न थालेपछि गाउँपालिका श्रीप्रसाद यादवले ४–५ जनाको एक समुह वोलाई जवरजस्ती गुण्डागर्दी शैलीमा मोवाइल खोसेर सम्पूर्ण रेकर्ड डिलिट गरेका थिए ।
null
चौधरीका अनुसार गढी गाउँपालिका प्रमुख यादवले आफुलाइ आधा घण्टा सम्म थुन्ने क्रममा गाली गलोज गर्दै जातिय सदभाव विथोल्ने अभिव्यक्ती दिदैं ‘क्षमा याचना गर, नत्र तँलाई जे पनि हुन्छ’ भनेर मानसिक तनाव दिएको बताए ।
उनका अनुसार यादवले प्रहरी बोलाई धाक धम्की समेत दिएको बताए । संचारकर्मी चौधरीले गाउँपालिका प्रमुख यादवलाई कारवाहीको माग समेत गरेका छन । यस विषयमा गाउँपालिका प्रमुख यादवसँग प्रतिकृया लिनका लागि उनकाे माेवाइलमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।








