विजयपुरस्थित सरस्वती सरोबरमा “अक्षारम्भ” गरिदै

धरान, माघ ८ । पूराणकालित धार्मिकस्थल धरान–१४ विजयपुरस्थित पिण्डेश्वर मन्दिर परिसर आज बिहान सबेरैदेखि मेला भक्तजनहरुको भुईंचो लागेको छ । यहाँको सरस्वती कुण्ड किनारमा विद्याकी देवी सरस्वती पूजाको दिन आज शिशुहरु लाई अक्षारम्भ गराउन विशेष कार्यक्रम आयोजना गरिएको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष गौरीशंकर अग्रवालले जानकारी दिए ।

हिन्दु धर्मशास्त्र अनुसार सबै भाषाके श्रोत संस्कृत व्याकरणको १४ सूत्र भगवान् शिवजीको डमरुबाट उत्पन्न भएको हो । यसैकारण उक्त दिन सरस्वती पूजा संगै भगवान् शिवजीको पूजा समेत गर्नाले सरस्वती र महादेवको आशिर्वादले विद्या प्राप्त हुने पुराणहरुमा उल्लेख छ ।

उक्त पुराणोक्त कथनअनुसार बसन्त पञ्चमीका दिन सरस्वती पूजा, शिवजीको आराधना र अक्षर आरम्भ कार्यक्रम आयोजना गरिएको हो ।

अक्षारम्भ पिण्डेश्वर बाबाधाम समितिले आयोजना गर्न लागेको हो । कार्यक्रमको व्यवस्थापन सेछ ट्राभलिङले गरेको छ ।

धरानको धार्मिक पर्यटनमा सबैभन्दा ठूलो उत्सव सउने बोलबम मेला सञ्चालन गर्दै आएको समितिले पिण्डेश्वर मन्दिरमा आधारित अन्य धेरै गतिविधिहरु गर्दै आएको समितिले जनाएको छ । सोही अनुरुप यस समितिले यस वर्षदेखि पिण्डेश्वर मन्दिर परिसर विजयपुर स्थित सरस्वती सरोवरमा सरस्वती पुजा र साना नानीहरुका लागि अक्षर आरम्भको कार्यक्रम समेत गरेको हो ।

समितीले सरस्वती पुजाका दिन आज सम्पूर्ण अभिभावकहरुलाई आफ्ना बालबालिकालाई अक्षर आरम्भ गर्न त्यहाँ ल्याउनका लागि अनुरोध गर्दै विद्यार्थीहरुलाई पनि सरस्वती पूजाका दिन सरस्वती सरोवरमा आइ पूजा आराधना तथा शिवजीको दर्शन गरी पूण्य आर्जन गर्न आग्रह गरेको छ ।

पिण्डेश्वर परिसर स्थित सरोबर (पोखरी) स्वरस्वती माता आफैंले निर्माण गरको किम्बदन्ती छ । सोही विश्वासमा सरस्वती कुण्डमा सरस्वतीको आराधना गर्ने परिपाटी पौराणिककाल देखि नै रहेको उल्लेख गर्दै उक्त कुण्डमा स्नान गरी अक्षर आरम्भ गर्ने बालबालिका विद्वान् हुन्छन् भन्ने मान्यता पुराणहरुमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 16 =