एन आई सी एशिया बैंकद्वारा त्रिभुवन विश्वविद्यालयमा वृक्षरोपण

“
काठमाडौं, असार २ । बैकिङ्ग क्षेत्रको अग्रणी बैंक एन आई सी एशिया बैंक लिमिटेडले आज काठमाडौं, कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको प्राङ्गणभित्र बृक्षरोपण गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विश्वविद्यालयको प्राङ्गणमा बिभिन्न प्रजातीहरुका बोटविरुवाहरु वृक्षरोपण गरेर वातावरणीय सन्तुलनमा योगदान पु¥याएको छ ।
बैंकले देशभरी रहेका आफ्नो शाखाहरुको पहलमा देशका विभिन्न स्कुल, विश्वविद्यालय, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि स्थानहरुमा वृक्षारोपणको लागि उपयुक्त स्थान छनौट गरि सम्बन्धित संस्था वा समुदायको सहकार्यमा वृक्षारोपण गर्ने गरेको छ ।
बैंकले हालसम्म करिब ११ हजार विरुवाहरुको वृक्षरोपण गरि वातावरणीय सन्तुलन र हरियाली कायम गर्न योगदान पु¥याएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. तीर्थराज खनियाको प्रमुख आतिथ्यतामा उक्त वृक्षारोपण कार्यक्रम भएको थियो ।
मुलुकभर २२४ शाखा कार्यालयहरु, २१४ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै मुलुककै सबैभन्दा ठूलो सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
बैंकको वासलातको आकार रू १६८ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू १४४ अर्ब पुगेको छ । यो बैंक निजि क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब रू ११९ अर्ब सहित दोस्रो ठूलो बैंकको रुपमा स्थापित भएको छ ।
“








