बजेटको आलोचना नगर्न सांसदहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ, असार ,२। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बजेटको आलोचना नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । उनले परिस्थितिलाई ध्यानमा राखेर संयमित अभिव्यक्ति दिन सांसदहरुलाई आग्रह समेत गरेका छन् ।

सत्तारुढ नेकपा सांसदहरुले सदनमा बजेटको चर्को आलोचना गरेपछि बालुवाटारमा शनिबार बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सदनमा बजेटको विरोध नगर्न निर्देशन दिएका हुन् । ओलीले विरोध मात्रै गरेर समाधान नहुने बताएका छन् ।

आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट माथि संघीय संसदमा सत्तारुढ दलकै सांसदहरुले सरकारका मन्त्रीहरुको चर्को आलोचना गरेपछि (ने क पा) ले त्यसबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको हो।

संसदीय दलका नेता समेत रहेका ओलीले बजेटमा समावेश गर्नुपर्ने योजना तथा भएका त्रुटीहरु भविश्यमा छलफल मार्फत सच्याउँदै र थप्दै लैजान सकिने आश्वासन पनि दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =