विश्वकप फुटवलः उरुग्वे विजयी
मकालु खबर
२०७४ जेठ १५ गते
“
असार १, काठमाडौं । विश्वकप फुटवलमा आजको पहिलो खेलमा उरुग्वे विजयी भएको छ ।
अत्यन्त प्रतिष्पर्धात्मक खेलको इन्जुरी टाइममा उरुग्वेका जोसे गिमेन्जले ९० मिनेटमा फ्रिकिकमा गोल हेड गोल गरेका छन् । इजिप्ट विचको खेल पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो ।
खेलमा उरुग्वेका स्टार खेलाडी लुइस स्वारेज र काभानीले उत्कृष्ठ प्रर्दशन गरेपनि गोल गर्न सकेनन् ।
खेलमा उरुग्वेले ५८ प्रतिशत बल पोजिसन कायम गरेको थियो ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित