विपद् जोखिम न्यूनिकरणमा प्रदेश सरकार संवेदनशीलः मुख्यमन्त्री राई

पुस २३, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ विपद्को जोखिममा उच्च स्थानमा रहेकाले विपद् जोखिम न्यूनिकरणका लागि प्रदेश सरकार संवेदनशील रहेको बताएका छन ।
प्रदेश नं १ आन्तरिक मामिला तथा कानुन मंत्रालयले विराटनगरमा सोमबार आयोजना गरेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा प्रदेशको प्राथमिकता गोष्ठिलाई सम्वोधन गर्दै प्रदेश सरकारले समयमै ऐन कानुन बनाएर जोखिम न्यूनिकरणको कार्यलाई अघि बढाएको बताए ।
null
उनले ठूलाठूुला सडक पुर्वाधार तथा वस्ति निमार्ण गर्दा आउन सक्ने जोखिमलाई ध्यान पुर्याउदै विकास निमार्णका कामलाई अघि बढाउनुपर्ने बताए । मुख्यमन्त्री राईले जोखिम न्यूनिकरणका लागि तिनै तहको सरकारबीच समन्वय हुनु आवश्यक रहेकोमा जोड समेत दिए ।
कार्यक्रममा प्रदेश नं. १ का सभामुख प्रदिप भण्डारीले राहत वितरण गरेर जोखिम न्युनिकरण नहुने भन्दै जोखिम आउन नदिन दिर्घकालिन योजना बनाउनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारले सबै स्थानीय तहमा जोखिम न्यूनिकरण विपद् व्यवस्थापनका लागि अभियान सञ्चालन गरेको बताए । उनले सरकारको एक्लो प्रयासवाट मात्र जोखिम न्यूनिकरण नहुने भन्दै त्यसका लागि सवैको सहयोग आवश्यक रहेको बताए ।
प्रदेश नं. १ का प्रमुख सचिव केदार न्यौपानेले जोखिम आउनु पुर्व त्यसको न्यूनिकरण र व्यवस्थापनका लागि ठोस योजना बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रदेश सांसद, मन्त्रालयका सचिव, रेडक्रस तथा सुरक्षा प्रमुखहरुको सहभागिता थियो ।
कार्यक्रममा नेपाली कांग्रेस संसदिय दलका नेता राजिव कोइराला, नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपनेता टंक आङवो, प्रदेश सांसद नवोदिता चौधरी, विमल कार्की तथा रेडक्रस झापाका सभापति लोकराज ढकालले जोखिम न्यूनिकरणका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका थिए ।








