गजल

 

जीत्नै पर्छ भन्दिन म हार स्वीकार छ
प्रेम होस् नहोस् इन्तजार स्वीकार छ

विवाह त केवल बन्धन, इजाजत न हो
बस, चाहन्छु लाखौँ इन्कार स्वीकार छ

आत्मैदेखि सम्मान गर्छु ढुकढुकी हौ तिमी
तिमीले गरेका प्रहार, झंकार स्वीकार छ

माया प्रेम अथाह छ, त्यसैले त चुप छु
तिम्रो रुप, यौवनको अहँकार स्वीकार छ

एकतर्फी हो या दुईतर्फी बुझ्न कठिन भो
सायद मार्यौ माया, घृणाको भण्डार स्वीकार छ”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + eleven =