सुनसँगै चाँदीको भाउ पनि बढ्यो
२०७६ कार्तिक २७ गते

कार्तिक २७, काठमाडौँ । मंगलबार स्थिर रहेको सुनको भाउ बुधबार तोलामा २ सय रुपैयाँ बृद्धी भएको नेपाल सुनचाँदी व्यवसायी महासंंघले जनाएको छ ।
मंगलबार प्रतितोला ७१ हजार २ सयमा कारोबार भई बुधबार स्थिर रहेको छापावाल सुनमा आज तोलामा २ सय रुपैयाँ बृद्धी भई प्रतितोला ७१ हजार ४ सयमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
त्यसैगरी आज तेजावी सुनमा पनि तोलामा २ सय रुपैयाँ बृद्धी भई प्रतितोला ७१ हजार १ सयमा बिक्री बितरण भईरहेको महासंघले जनाएको छ ।

बुधबार चाँदीको भाउमा पनि बृद्धी भएको महासंघले जनाएको छ । बुधबार चाँदीको भाउमा तोलामा ५ रुपैयाँ बृद्धी भई प्रतितोला ८ सय ५० मा कारोबार भईरहेको महासंघले जनाएको छ ।
२०७६ कार्तिक २७ गते
प्रतिक्रिया
सम्बन्धित








