सुनसँगै चाँदीको भाउ पनि बढ्यो

कार्तिक २७, काठमाडौँ । मंगलबार स्थिर रहेको सुनको भाउ बुधबार तोलामा २ सय रुपैयाँ बृद्धी भएको नेपाल सुनचाँदी व्यवसायी महासंंघले जनाएको छ ।   

मंगलबार प्रतितोला ७१ हजार २ सयमा कारोबार भई बुधबार स्थिर रहेको छापावाल सुनमा आज तोलामा २ सय रुपैयाँ बृद्धी भई प्रतितोला ७१ हजार ४ सयमा कारोबार भईरहेको महासंघले जनाएको छ ।   

त्यसैगरी आज तेजावी सुनमा पनि तोलामा  २ सय रुपैयाँ बृद्धी भई प्रतितोला ७१ हजार १ सयमा बिक्री बितरण भईरहेको महासंघले जनाएको छ ।   

Image result for सुनसँगै चाँदीको भाउ पनि बढ्यो

बुधबार चाँदीको भाउमा पनि बृद्धी भएको महासंघले जनाएको छ । बुधबार चाँदीको भाउमा तोलामा ५ रुपैयाँ बृद्धी भई प्रतितोला ८ सय ५० मा कारोबार भईरहेको महासंघले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =