काठमाडौँः अज्ञात समुहले जलाए हरिहर भवनको गाडी

काठमाडौँ, जेठ २७ । शंखमुलमा एक अज्ञात समूहले सरकारी गाडीमा आगजनी गरेका छन् । आइतबार दिउँसो काठमाडौंको शंखमुलस्थित राजश्व तालिम केन्द्र, यूएनपार्क छेऊ हरिहर भवनको गाडीमा अज्ञात समूहले आगजनी गरेका हुन् ।

बा १ झ ८८१८ नम्बरको गाडीमा अज्ञात समूहले आगजनी गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

आगजनी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =