प्रधानमन्त्री ओलीले प्रदेश १ को संसदमा सम्बोधन, पत्रकारलार्इ प्रवेश निषेध !

“
२६ जेठ, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को संसद बैठकलाई सम्बोधन गर्ने भएका छन् । अहिले ११ बजेका लागि तय भएको बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।
प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले प्रधानमन्त्रीले बिहान ११ बजे प्रदेशसभाका सदस्यलाई सम्बोधन गर्ने जानकारी दिए । प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्दै प्रदेश १ को सम्भावनाबारे धारणा राख्ने अनुमान गरिएको छ ।
संविधान र प्रदेश नियमावलीमा राष्ट्रप्रमुख वा सरकार प्रमुखले प्रदेशसभालाई सम्बोधन गर्ने व्यवस्था छैन । तर विदेशी सरकार प्रमुख या राष्ट्रप्रमुखले भने प्रदेश सरकारलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ । त्यसका लागि सम्बन्धित सभाका सभामुखसँग अनुमति लिनुपर्ने व्यवस्था प्रदेश नियमावलीमा छ । त्यसैले कतिपय सांसदहरुले प्रधानमन्त्रीको सम्बोधनबारे कानूनी समस्या रहेको औंल्याएका छन् ।
यसअघि प्रधानमन्त्रीले प्रदेश नं ३ र ५ मा सम्बोधन गरिससकेका छन् । अन्य प्रदेशसभा बैठकलाई पनि सम्बोधन गर्ने उनको योजना छ ।
यसैबीच, नेपाली कांग्रेसले प्रदेश १ संसदको अवरोध फिर्ता लिएको छ । तरुण दलका सुनसरीका सभापति सिजन गुरुङ छुटेसगै प्रतिपक्ष नेपाली काग्रेसले सदन अवरुद्ध गर्ने कार्यक्रम फिर्ता लिएको हो ।
यता प्रम अाेलीकाे संवाेधनमा सञ्चारकर्मीलार्इ प्रवेश निषेध गरेपछि १ नं. प्रदेशका सञ्चारकर्मीहरू प्रदेश सचिवालय अघिल्तिर बसेका छन् । उनीहरूलार्इ प्रदेश सभाहलमा प्रवेश दिर्इएकाे छैन । सञ्चारकर्मी मिलन विछाेडले प्रदेश सचिवालय अघिल्तिर प्रत्रकार धर्ना दिएकाे फाेटाे पाेस्ट गरेका छन् ।
तस्विरः मिलन विछाेडकाे फेसवुक वालबाट“








