डोल्पा सञ्चार विहीन

माघ ६, डोल्पा । शुक्रबार दिउँसोदेखि मोबाइल र ल्याण्डलाइन सेवा अवरुद्ध भएपछि डोल्पा सञ्चार विहीन बनेको छ । जगदुल्ला गाउँपालिकामा पर्ने मौरे लेकमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा समस्या देखिएपछि जिल्लाभर सञ्चार सेवा अवरुद्ध भएको दुर सञ्चार कार्यालयले जनाएको छ । 

रिपिटर टावरमा समस्या देखिएपछि ठूलीभेरी नगरपालिकामा पर्ने जुफाल, दुन, त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने लगायतका स्थानमा राखिएका जिएसएम र सिडिएमए मोबाइल टावरसमेत अवरुद्ध भएका हुन् । 

मौरेमा अवरुद्ध टावर मर्मतका लागि जुम्लाबाट आवश्यक उपकरणसहितको प्राविधिक टोली पठाइ सकिएकाले मङ्गलबार सम्ममा सेवा सञ्चालन हुने नेपाल टेलिकम नेपालगञ्जका कार्यकारी प्रमुख शिवराज खनालले बताए । 

null

दुइवटै मोबाइल सेवासँगै ल्याण्डलाइन टेलिफान समेत बन्द भएपछि विभिन्न स्थानिय तह रहेका सरकारी तथा गैरसरकारी कार्यालयको कामकाजमा समस्या उत्पन्न भएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 1 =