झाँक्रीले पेटमा प्वाल पार्दा राजुको मृत्यु, प्रहरीले झाँक्री बिरुद्ध उजुरी लिन गर्यो आनाकानी
२०७६ असोज १ गते

असोज १, काठमाडौँ । झाँक्रीलेको गलत उपचारको कारण एक ३९ वर्षीय युवकको मृत्यु भएको छ ।
उनको मृत्यु भएपछी प्रहरीले झाँक्री बिरुद्ध उजुरी दर्ता गर्न अनाकानी गरेको मृतक युवकको परिवारले जनाएको छ ।
मृत्यु हुनेमा ३९ वर्षीय राजु मगरका छन् । करिब २ महिना देखी जन्डिसले ग्रसित राजुलाई झाँक्रीले मुखैले चुसेर कमलपित्तको विकास निकालेर ठिक गरिदिने भन्दै राजुको पेट चिरेका थिए ।

पेट चिरेपछी राजु ठिक हुनु त कहाँ हो कहाँ झन घाउ निको नभएर थला परेका राजुको सोमबार जिल्ला अस्पताल धादिङमै मृत्यु भएको हो ।
राजुको मृत्युपछी उनका परिवारले झाँक्रीविरुद्ध प्रहरीमा उजुरी दर्ता गर्न खोज्दा मंगलबार दिनभर प्रहरीले सबुत प्रमाणसहित आउन भनेपछि आफूहरु कागजपत्र मिलाउन लागेको मृतक राजुकी श्रीमती राधिकाले बताएकी छिन् ।
२०७६ असोज १ गते
प्रतिक्रिया
सम्बन्धित









