झाँक्रीले पेटमा प्वाल पार्दा राजुको मृत्यु, प्रहरीले झाँक्री बिरुद्ध उजुरी लिन गर्यो आनाकानी

असोज १, काठमाडौँ ।  झाँक्रीलेको गलत उपचारको कारण एक ३९ वर्षीय युवकको मृत्यु भएको छ । 

उनको मृत्यु भएपछी प्रहरीले  झाँक्री बिरुद्ध उजुरी दर्ता गर्न अनाकानी गरेको मृतक युवकको परिवारले जनाएको छ ।   

मृत्यु हुनेमा ३९ वर्षीय राजु मगरका छन् । करिब २ महिना देखी जन्डिसले ग्रसित राजुलाई  झाँक्रीले  मुखैले चुसेर कमलपित्तको विकास निकालेर ठिक गरिदिने भन्दै राजुको पेट चिरेका थिए ।   

पेट चिरेपछी राजु ठिक हुनु त कहाँ हो कहाँ झन घाउ निको नभएर  थला परेका राजुको सोमबार जिल्ला अस्पताल धादिङमै मृत्यु भएको हो ।   

राजुको मृत्युपछी उनका परिवारले  झाँक्रीविरुद्ध प्रहरीमा उजुरी दर्ता गर्न खोज्दा मंगलबार दिनभर प्रहरीले सबुत प्रमाणसहित आउन भनेपछि आफूहरु कागजपत्र मिलाउन लागेको मृतक राजुकी श्रीमती राधिकाले बताएकी छिन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 13 =