उत्खनन कार्य बन्द गर्न विप्लप नेतृत्वको नेकपाकोे चेतावनी (विज्ञप्तीसहित)

मोरङ ,जेठ २३ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मोरङ जिल्लाको केराबारी गाउँपालिकास्थित आमजुँगीमा भईरहेको उत्खननमा ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपा जिल्ला सेक्रेटरी कमरेड दिवसद्धारा जारी विज्ञप्तीमा जंगलक्षेत्रमा ओभर डिपोजिटको नाममा जनभावना विपरित भईरहेको उत्खननप्रति ध्यानाकर्षण भएको जनाईएको हो ।

जारी विज्ञप्तीमा खदम/ गछिया खोलामा आइइइ (IEE)को मापदण्ड पूरा नगरी जारी उत्खननले छेउछाउको वस्ती मरुभुमिमा परिणत भएको, जनताको स्वास्थ्यमा प्रतिकुल असर परेको, पानीका मुहानहरु सुक्दै गएको, विद्यालयहरुमा प्रदुषण तथा कोलाहल भई शैक्षिक गुणस्तरीयतामा बाधा पुगेको, जनताको दिर्घकालिन भविष्यप्रति कुठाराघात गरेको निष्कर्षसमेत निकालिएको छ ।

जिल्लाका जनताका भविष्यसंग जोडिएका खोलाजन्य वस्तुहरुका साथै अन्य प्राकृतिक स्रोत साधनहरुलाई वैज्ञानिक मापदण्ड बनाएर सम्बन्धित जनताहरुको भविष्य समृद्ध बनाउने अब्बल ठोस नीति निर्माण नभइकन हुने यस्ता दोहन उत्खनन कार्य  तुरुन्त बन्द गर्न अनुरोध गरिएको छ ।

विज्ञप्तीमा जारी उत्खनन बन्द गर्न अनुरोध गरिएको र अनुरोधलाई अटेर गरे कुनै पनि सम्झौता नगरी प्रतिरोधको माध्यमबाट छिनोफानो गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + fifteen =