लागु औषधसहित १ जना पक्राउ

पुस ९, सुनसरी । धरानमा प्रहरीले लागु औषध टीटीसहित एक जनालाई पक्राउ गरेको छ । धरान १० आचार्य लाईनका नबिन राईलाई प्रहरीले प्रक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय धरानको टोलीले दिउसो साढे ३ बजे आचार्य लाईनको खहरे खोलामा २२ सेट ६६ थान टीटी सहित राईलाई पक्राउ गरिएको डी एस पी रामेश्वर पौडेलले जानकारी दिएका छन् ।

खहरे खोलामा लागुऔषध लिइ हिडिरहेको अवस्थामा प्रक्राउ गरिएको र प्रक्राउ परेका राईलाई लागुऔषध कारोबार एन अन्र्तगतको कार्वाही चलाईने डी एस पी पौडेलले जानकारी दिए । यस अघि पनि शनिबार धरान १८ स्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानभित्र समेत लागुऔषध ब्राउन सुगर पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 1 =