म सुरुमा नै यो माइकबारे कुरा गर्न चाहन्छुः सांसद भुसाल

काठमाडौ, जेठ २१ । नेपाल कम्युनिस्ट पार्टीका सांसद पंफा भुसालले संसदमा सांसदहरु बस्ने सिट अप्ठेरो भएको बताएकी छन् ।

सोमबार संसदको विशेष समयमा बोल्दै भुसालले सिट अप्ठेरो भएको, ताली बजाउने टेबुल नभएको र हात राख्ने ठाउँ पनि नभएको गुनासो गरेकी छिन् ।

संसदको विशेष समयमा सुरुमा सभामुख कृष्णबहादुर महराले भुसाललाई बोल्न समय दिएका थिए । तर भुसालको माइक चलेन । उनले बोल्दा, आवाज सुनिएन । केही बेरपछि मात्र माइकले काम गर्‍यो । त्यसपछि भुसालले भनिन् ‘सम्माननीय सभामुख महोदय म सुरुमा नै यो माइकबारे कुरा गर्न चाहन्छु ।’

उनले आफूलाई संसदमा बस्दा प्राइमरी स्कुल पढ्दा घरबाट चकटी लिएर गएको अवस्था सम्झना भएको पनि बताइन् ।

‘म जुन सिटमा बस्छु यो माइकको हालत पनि यस्तो छ । मसँग पाखुरा राख्ने ठाउँ पनि छैन । ताली बजाउने टेबुल पनि छैन’ सांसद भुसालले भनिन् ‘फेरि सिट एरेन्ज गरियोस्, टेबुल राखियोस् । गुणस्तरीय माइक राखियोस् ।

भुसालले यातायात सिण्डिकेट अन्त्य भए पनि सिट संख्या भन्दा धेरै यात्रु राख्ने क्रम नघटेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 15 =