बुढीखोलाले बगाएर १६ वर्षीया लिम्बूको मृत्यु
२०७४ जेठ १५ गते

“
धरान, जेठ २० । सुनसरीको इटहरी स्थित बुढीखोलाले बगाएर इटहरी–१० बस्ने करिब १६ वर्षीया वर्षा लिम्बूको ज्यान गएको छ । शनिबार साँझ नुहाउन खोलामा गएकी लिम्बूलाई पौडी खेल्ने क्रममा खोलाले बगाएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
लिम्बूसँगै नुहाउन गएका दुई युवतीलाई भने स्थानीयले उद्धार गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिएका छन् ।
यस्तै, सुनसरीकै इनरुवा नगरपालिकामा पर्खालबाट लडेर तीन वर्षकी एक बालिकाको मृत्यु भएको छ ।
स्थानीय मस्जिदको पर्खालबाट लडेर गम्भीर घाइते भएकी इनरुवा–१० जाल्पापुरकी मियाज मन्सुरीको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








