सुनसरी : परिवार नियोजनमा महिला र युवा निर्बिरोध

धरान, जेष्ठ १९ । नेपाल परिवार नियोजन संघ सुनसरी को आगामी जेष्ठ २१ गते हुने निर्वाचनको आज दोश्रो दिनको मनोनयन फिर्ता लिने कार्यक्रम अन्तर्गत चित्रादेबि गुरुङ्गको मनोनयन फिर्ता गराउदै श्याम श्रेष्ठ प्यानलबाट ४ जना महिला निर्बिरोध चयन भएको छ।

४ जना महिला निर्बिरोध चयन हुनेमा मिना पुलामी, चित्रकुमारी राई, सन्ध्या श्रेस्ठ र निर्मला अधिकारी रहेको छ।
२१ गते हुने निर्वाचनमा अब अध्यक्षमा श्याम श्रेष्ठ र महेशमोहन पलिखे बिच प्रतिश्पर्धा हुँदैछ।

त्यसै गरि ४ खुल्ला सदस्यमा जयप्रकाश शर्मा, सचिन पोख्रेल, उत्तम राई, नवराज श्रेष्ठ, अलिम अन्सारी, बिनोद थापा, सन्तोश सापकोटा र भुवन नेपाल रहेको छ।

हिजो भएको मनोनयन दर्ता कार्यक्रममा श्याम श्रेष्ठकै प्यानलबाट युवा सदस्यबाट सुरज चौधरी, सबिता ढुङ्गेल, र किशोरी सदस्यबाट संस्कृति मास्के निर्बिरोध चयन भईसकेको छन्।

अहिले सम्म ७ जना सदस्य श्रेष्ठ प्यानलबाट निर्बिरोध निर्वाचित भएपछी अहिले सबै खुल्ला सदस्यका उम्मेदवारहरु श्रेष्ठकै प्यानलबाट लड्नलाई कसरत गरिरहेको छन्।

२०७० सालको निर्वाचनमा नेपाली काङ्ग्रेसको उम्मेदवारलाई हराउन लागेको कारणले महेशमोहन पलिखेलाई पार्टिले साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको थियो भने श्याम श्रेष्ठ पार्टी प्रती ईमान्दार रहेको भन्दै उसैलाई सहयोग गर्ने क्षेत्रीय सचिव मुरारी भट्टराईले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =