पानी माग्दै वडाध्यक्ष नै आन्दोलनमा !

पुस २६, सुनसरी । सुनसरीमा ‘पानीको महसुल नतिरौँ’ भन्दै वडाध्यक्ष नै आन्दोलनमा उत्रिएका छन् ।   

करिब ७ बर्ष भयो सुनसरीको सुबिधा सम्पन्न नगरपालिका वडा नम्बर ९ मा पानी नआएको । आइहाले पनि केही समय मात्र आउने र पानी थाप्न नपाउदै बन्द हुने गरेको छ । 

सो वडावासीले झेल्दै आएको पानीको समस्या समाधानका लागि धरान उपमहानगरपालिका-९ का वडाध्यक्ष रत्नबहादुर कटुवाल जनता जनता भेला गरी आन्दोलनमा उत्रिएका हुन् ।   

वडाध्यक्ष कटुवालले शनिबार वडा कार्यालयमा पत्रकार सम्मेलन गर्दै सङ्घर्षमा लागेको घोषणा गरे । धराने खानेपानी कार्यलयले सही समयमा पानी नछाडेको, कृतिम अभाव सिर्जना गरेको, वडालाई चाहिनेभन्दा कम पानी बाँडेको उनले आरोप लगाए ।   

धरान ९ सिद्धिविनयक पथका थुम नारायण श्रेष्ठले खानेपानी नआएका कारण आफूले चारकोसे झाडीबाट पानी ल्याएर खाने गरेको बताए । उनले भने, ‘बिहान ७ बजेबाट ९ बजेसम्म पानी आउने समय हो तर त्यो समयमा पानी नआएको करिब ७ बर्ष जति भयो ।’ 

त्यस्तै सोही वडाका अर्का स्थानीय दिपक लामाको पनि ब्यथा उस्तै छ । उनको घरमा पनि पानी नआएको धेरै भयो । छरछिमेकीकोबाट ल्याउँदा ल्याउँदै हैरान भइसके उनी । सरकारलाई पानीको महसुल नतिर्ने उनको चेतावनी छ ।   

‘पानीको महसुल नतिर्न सबै धरानवासीलाई आह्वान गर्दछु । कर्मचारीहरु कमाउ धन्दामा लागेका छन् । हाम्रो घरमा लगाईएको पाईपमा पानी आउँदैन । कर्मचारी भन्छन अर्कौ पाईप लागाउँदा पानी आउँछ । कसरी आउँछ ?’, उनले प्रश्न गरे ।   

खानेपानी संस्थानले उपभोक्तालाई थप पाईप बिछ्याउन लगाउँदै व्यापार गरेको तथा समयमा पानी उपलब्ध नगराएको भन्दै वडा अध्यक्ष लगायत उनीहरूले आन्दोलनको घोषणा गरेका हुन् ।   

‘धरान खानेपानी बोर्ड र एडिबीबीचको द्वन्द्वले धरानवासीले खानेपानी नपाएको वडाध्यक्ष कटुवालको भनाइ छ । धरानबासीलाई काकाकुल बनाउँदै बीपी प्रतिष्ठानलाई पानी बेचेको उनको आरोप छ ।   

‘पानी नभएको होइन । एडिबीले पनि पानी दिइरहेको छ । उता सर्दुखर्दु आदि स्थानबाट पनि पानी आइरहेको छ । यति हुँदाहुँदै पनि धरानको जनता आन्दोलनमा उत्रिनुपर्ने विडम्बना हो’, स्थानीयबासी महेश श्रेष्ठले भने ।   

धरानबासीले एकघण्टा मात्रै भएपनि पानी पाउनुपर्ने माग राखेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − 1 =