भ्रष्टाचार रोक्नलाई एक सयको नोटमात्रै चलनचल्तीमा ल्याउनुपर्छ–पूर्वअर्थमन्त्री पाण्डे

चितवन, जेठ १७ । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा पाँच सय र हजारको नोट बन्द गरिनुपर्ने बताएका छन् ।

चितवनको सौराहामा बिहिबार नेपाल फोटो पत्रकार महासंघको पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्दे नेकपाका स्थायी कमिटी सदस्य एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा पाँच सय र हजारको नोट बन्द गर्दै एक सय रुपैयाँ दरको नोटमात्रै चलनचल्तीमा ल्याउनुपर्ने बताएका हुन् ।

उनले भने, नेपालमा भ्रष्टाचार पाँच सय र एक हजारको नोटमा टेकेर गरिएको छ । नोटकै कारण भ्रष्टाचार बढेको छ हो ।

साथै उनले फोटो पत्रकारहरुले फोटो बेचेर पैसा कमाउन सक्ने तागत राख्नुपर्ने सुझाव दिए ।

आफू अर्थमन्त्री भएको भए तुरुन्तै पाँच सय र एक हजारका नोट बन्द गरी एक सयका मात्रै नोट सञ्चालनमा ल्याउने योजना पाण्डेले बताए । उनले भने, ‘एक सयका नोटका बण्डल बोकेर को मान्छे रकम बुझाउन जान्छ ? बोराका बोरा पैसा लिएर हिँड्न पनि समस्या हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + twelve =