शैक्षिक अभियान पत्रिकाद्धारा ईक्यान, फेकन, आइरिन र नाइसका कार्यसमितिलाई सम्मान

“
काठमाडौँ, जेठ १४ । अभियान मल्टिमिडियाद्वारा सञ्चालित शैक्षिक अभियान पाक्षिक पत्रिकाले एक कार्यक्रमका बीच वैदेशिक शिक्षाका लागि विदेश जाने परामर्श व्यवसायीहरुको छाता संगठनका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गरेको छ ।
उक्त शैक्षिक अभियान पत्रिकाले आइतबार नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन), इन्टरनेश्नल एजुकेशन रिप्रिजेंटेटिभ्स इनिसिएटिभ्स अफ नेपाल (आइरिन) र नेपाल इन्डिया काउन्सिल फर एजुकेशन (नाइस) का नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र सहित सम्मान तथा बधाई ज्ञापन गरेको हो । उनीहरुलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेर बहादुर तामाङ्गले सम्मान गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले अनिवार्य शिक्षा र निःशुल्क शिक्षामा जोड दिनुपर्ने बताउँदै शिक्षा क्षेत्रको सुधारसँगै शिक्षामा समान पहुँच पुर्याउनका लागि आफुले सक्दो पहल गर्ने बताए ।
शिक्षालाई मर्यादित बनाई यस क्षेत्रको कमीकमजोरी हटाउन सहयोग पुगोस् भनेर अन्तरक्रिया गरिएको आयोजक संस्था शैक्षिक अभियान राष्ट्रिय पाक्षिकका अध्यक्ष मिन अधिकारीले बताए । अधिकारीले उच्च शिक्षामा स्वदेश र विदेशमा हुने अवसर र चुनौतीमा अहिलेको सरकारको कानुनी भुमिका महत्वपुर्ण हुने हुदा शिक्षालाई निति निर्माणमा कार्यान्वयन गर्न जोड दिए ।
अन्तरक्रिया कार्यक्रममा तीन जनालाई विशेष सम्मान गरिएको छ । अस्ट्रेलियामा अध्ययन गर्न चाहने नेपालि विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिइरहेको अस्ट्रेलिया इन्स्टिच्युट अफ बिजनेस एण्ड टेक्नोलोजी (एआइबिटि) कलेज र प्राकृतिक स्वास्थ्य क्षेत्रमा योगदान पुर्याए बापत ट्रयाङ्गकुलिटि स्पालाई बिशेष सम्मान गरिएको थियो ।
त्यसैगरी रिपोटर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालाई जर्नालिज्म पर्सनालिटी अवार्ड २०१८ बाट सम्मान गरिएको थियो ।
कार्यक्रममा बैदेशिक शिक्षा विभागका तारा निरौला, केन्द्रीय हिसानका सचिब रामहरी सिलवाल, प्याव्सनका उपाध्यक्ष इश्वर गुरुङ, इक्यानका कार्यबाहक अध्यक्ष महेश बाबु तिमल्सिना, इक्यानका सचिव बिक्रम केसी, फेकनका अध्यक्ष युवराज कटुवाल, एआईबिटी कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर राजु रेग्मी तथा ट्रयाङ्गकुलिटि स्पाका संचालक सुरेश पुरीले मन्तब्य राखेका थिए ।
“








