मधुमेह र उच्च रक्तचाप नियन्त्रण गर्न उपयोगी धनिया

असार १६ । धनिया हाम्रो भान्छाघरमा सजिलैसँग पाउँने खाद्यबस्तु हो । यसलाइ हामी अचारमा हालेर वा तरकारीमा हालेर खादाँ तरकारी वा अचार निकै स्वादिष्ट हुन्छ ।
धनियामा क्याल्सियम, आयरन, पोटाशियम, फास्फोरस, कैरोटिन, भिटामिन ‘सी’ लगायतका पौष्टिक तत्व पाइन्छ, जुन हाम्रो शरीरका लागि अत्यावश्यक हुन्छ । धनियालाई हामी अचार र तरकारीमा मात्र होईन यसलाई बिभिन्न रोगको औषधीको रुपमा पनि प्रयोग गर्न सक्छौँ । यसको प्रयोगले स्वास्थ्यलाई धेरै फाईदा पुर्याउने हुन्छ । धनिलाई जुनसुकै मौसममा पनि सर्वसुलभ मुल्यमा खरिद गर्न सक्छौँ । या फेरी यसलाई हाम्रो घरैमा सजिलैसँग उर्मान पनि सक्छौँ ।
null
यसलाई हामी बिभिन्न रोगको उपचारमा पनि प्रयोग गर्न सक्छौँ । जस्तै धनियाको रसले उच्च रक्तचाप नियन्त्रण गर्छ । मुटुलाई स्वस्थ्य राख्छ । हड्डी बलियो बनाउँछ । अपचको समस्याबाट छुटकारा दिलाउँछ । धनियाको सेवनले हाम्रो स्वास्थ्यमा धेरै फाईदा पुर्याउने हुन्छ ति के–के हुन् तल बताईएको छ ।
– संक्रमणबाट बचाउँछधनियामा एन्टीसेप्टिक गुण हुन्छ, जसले शरीरलाई विभिन्न प्रकारका संक्रमणबाट बचाउँछ । नियमित रुपमा धनियाको जसको सेवनले पानी तथा खाद्यानको सेवनले शरीरमा हुनसक्न विभिन्न संक्रमणाट बचाउन सहयोगीको भूमिका निर्वाह गर्नसक्छ
– अनिन्द्रामासुत्नु अघि एक गिलास धनियाको जुसको सेवन लाभदायक हुन्छ । यसले शरीरलाई आराम दिनुका साथै विना कुनै औषधी राम्रो निद्रा लगाउन मद्दत गर्छ ।
– पाचन क्रिया स्वस्थ्यनियमित धनियाको जुस सेवन गर्नाले पाचन क्रियालाई स्वस्थ्य बनाउँछ । पेट फुल्ने, खाना अपच हुने, पेट ढुस्स हुने, छाती पोल्ने जस्ता समस्यमा धनियाको जुसले प्रभावकारी काम गर्छ ।
– उच्च रक्तचाज नियन्त्रण गर्छधनियामा कैल्सियम, आयरन जस्ता तत्व पाइन्छ । बिहान खाली पेटमा धनियाको जुस सेवन गर्दा त्यसले उच्च रक्तचाप नियन्त्रणमा प्रभावकारी काम गर्छ ।
– हड्डी बलियो बनाउँछधनियाको जुसको सबैभन्दा ठूलो फाइदा भनेको धनियामा भरपुर मात्रामा कैल्सियम पाइन्छ, जसले हाम्रो हड्डीलाई बलियो बनाउँछ । साथै भाँचिएको हड्डी जोड्न पनि मद्दत गर्छ ।
– मुधमेह कम गर्छधनियालाई एन्टीबायोटिक जडिबुटीको रुपमा चिनिन्छ । प्राकृतिक रुपमा यसलाई मधुमेह कम गर्नको लागि प्रयोग गरिन्छ ।
– मुटु स्वस्थ राख्छधनियाको सेवनले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । धनियामा एन्टी अक्सिेडेन्ट तत्व प्रचुर मात्रा पाइन्छ, जसले खराब कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ, र राम्रो कोलेस्ट्रालको मात्रालाई बढाउँछ।
– छाला सम्बन्धि समस्यामाधनियामा एन्टी फंगस, एन्टीसेप्टीक तथा एन्टी अक्सिडेन्ट पाइन्छ । यसको नियमित सेवनले छाला सम्बन्धि सबै प्रकारका समस्याबाट बच्न सकिन्छ ।









