लम्बियो गोरेको बयान, सनमलार्इ टर्चर दिएको भिडियो आउदो अाइतबार देखाउने तयारी

जेठ ११,विराटनगर । सनमा शाक्य हत्या प्रकरण र साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’को बयान लम्बिएको छ ।मोरङ जिल्ला अदालतमा तीन दिनदेखि गोरेको बयान लिने क्रम जारी छ ।

गत बुधवारदेखि थालिएको बयान लिने क्रम आइतबारसम्म चल्ने जिल्ला अदालत मोरङले जनाएको छ । निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमका अनुसार आइतबारसम्म गोरेको बयान सक्ने लक्ष्य छ । त्यसपछि थुनछेक बहस सुरु हुनेछ ।

आइतबारको बयानमा गोरेलाई सुनकाण्डसँग सम्बन्धित भिडियो पनि देखाउने योजना रहेको बताइएको छ । गोरेले बयानमा औपचारिक भन्दा पनि अनौपचारिक विषयमा बढी केन्द्रित भएकाले बयान लम्बिएको अदालतका कर्मचारीहरू बताउँछन् ।

जिल्ला अदालत मोरङमा शुक्रवार तेस्रो दिन पनि करिब साढे ४ घण्टासम्म उनको बयान लिइएको थियो । शुक्रवारसम्म बयान लिने क्रममा अदालतका कर्मचारीले गोरेले दिएको बयान २७ पानामा उतारेका छन् ।

यसअघि पहिलो दिन बुधवार ५ घण्टा र दोस्रो दिन बिहीबार पनि ५ घण्टा बयान भएको थियो । गोरेमाथि सङ्गठित अपराध, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र सुन चोरी पैठारीको मुद्दा लगाइएको छ ।

सुन काण्ड र सनमा हत्या काण्डमा संलग्न भएको आरोपमा बिहीबार उर्लाबारीबाट पक्राउ परेका रेवत आचार्यलाई अनुसन्धानका लागि १० दिनको म्याद थप गरिएको छ ।
प्रहरीले आर्चायलाई शुक्रवार अदालतमा हाजिर गराएर अनुसन्धानका लागि म्याद लिएको हो ।उर्लाबारीका सुन व्यापारी आर्चायलाई गोरेले अदालतमा दिएको बयानका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + five =