मन्त्रालयले तयार पारेको विधेयक अनुसार विवाहमा ४० ग्रामभन्दा बढी सुन दिन नपाइने

काठमाडौ, जेठ ११ । अब विवाह गर्दा विवाहमा ४० ग्रामभन्दा बढी सुन दिन नपाइने कानून बन्ने भएको छ ।

विवाहमा दाइजो, जन्ती र आफूखुसी भोजभतेर गर्दा विभिन्न समस्या भएको भन्दै गृह मन्त्रालयले नयाँ ऐन ल्याउने तयारी गरेको हो ।

मन्त्रालयले तयार पारेको सामाजिक सुधार विधेयकमा दुलाहा पक्षले दुलहीलाई ४० र दुलही पक्षले दुलाहालाई बढीमा २० ग्राम सुन दिन मिल्ने र विवाहमा बोलाइएका व्यक्तिले ५ सय रुपैयाँ वा सो बराबरको मात्र उपहार दिन पाउने उल्लेख गरिएको छ ।

ऐन लागु भएपछि दुलाहा पक्षबाट बाजागाजा र सहयोगी सहित ७५ जनामात्र जन्ती जान पाउने छन् । भने विवाह भोजमा २ सय ५० र सामाजिक भोजमा १ सय जनासम्मलाई बोलाउन पाइनेछ ।

विवाह र अन्य भोजभतेरको खर्च विवरण १५ दिन भित्र स्थानीय तहमा बुझाउनु पर्ने व्यवस्था विधेयकमा छ ।

तोकिएको भन्दा बढी सुन दिए सुन जफत वा ३ महिना जेल सजाय हुनेछ ।

बढी जन्ती लिनेले पचास हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ ।

सार्वजनिक पद धारण गरेको व्यक्तिले यो व्यवस्थाको उल्लंघन गरे थप २५ प्रतिशत सजाय हुनेछ ।

मन्त्रालयले बनाएको मस्यौदा आवश्यक परिमार्जन गर्न कानून मन्त्रालय पठाइएको छ ।

सामाजिक व्यवहारमा भड्किलो प्रदशन गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न नयाँ ऐन ल्याउनु परेको मन्त्रालयले जनाएको छ ।

‘विषेश गरी तराईका जिल्लामा दाइजोकै कारण हुने अपराध रोकथाम गर्न यो ऐन प्रभावकारी हुने मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

कानून मन्त्रालयबाट परिमार्जन भएर आएको विधयेकलाई केही दिनभित्रै संसदमा पेश गर्ने गृह मन्त्रालयको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =