३३ किलो सुन काण्डः नेकपाका कार्यकर्ता आचार्य पक्राउ

काठमाडौँ, जेठ ११ । साढे ३३ केजी सुन तस्करी प्रकरणमा संलग्न नेकपाका कार्यकर्ता तथा सुन व्यवसायी पक्राउ परेका छन् । सुन तस्करी र सनम हत्या प्रकरणमा संलग्न भएको आरोपमा मोरङ बस्ने रेवत आचार्य पक्राउ परेका हुन् ।

आचार्य उर्लाबारी–५ मा बस्दै आएका थिए भने उनलाई बिहीबार साँझ प्रहरीले उर्लाबारी–६ स्थित सिद्धदेबी ज्वलर्सबाट पक्राउ गरेको हो ।

उनी तत्कालिन एमालेका कार्यकर्ता तथा सिद्धदेवी ज्वेलर्सका सञ्चालक हुन् ।

चुडामणि उप्रेती ‘गोरे’ले अदालतमा दिएको बयानका आधारमा आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 7 =