सानिमा बैंकद्वारा आइएफसीसँग प्रारम्भिक कर्जा सम्झौता हस्ताक्षर

काठमाडौ, जेठ १० । सानिमा बैंकले विश्व बैंकअन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) सँग हालै कर्जा सम्बन्धित प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेको छ ।

उक्त सम्झौता सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहाल र आइएफसीका आवासीय प्रतिनिधि मोहमद रेहान रसिद बिच आदान प्रदान गरेका छन् ।

यसबाट अन्तराष्ट्रिय बजारमा पहँुच भई भित्रिने बाहृय पूँजी, स्वदेशमा परिचालन गरी देशको उच्चआर्थिक वृद्धिमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

सानिमा बैंकको हाल ५८ शखा, १ एक्सटेन्सन काउन्टर र ६७ ए.टि.एम. रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =