नोबेलको निःशुल्क स्वास्थ्य शिविरबाट १२ सय बिरामी लाभान्वित

बिराटनगर,जेठ १० । मोरङको सुन्दरहरैचा–१२ सुक्रवारेमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट करिव १ हजार २ सय बिरामी लाभान्वित भएका छन् ।

स्थानीय ओरिजन ईङ्लिस बोडिङ्ग स्कुलसँग सहकार्य गरी विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले एकदिने स्वास्थ्य शिविर आयोजना गरेको हो ।

शिविरमा १ हजार १ सय ८३ जना बिरामीको निःशुल्क स्वास्थ्य परिक्षणसँगै उपचार गरिएको नोबेल अस्पतालका मार्केटिङ अफिसर सञ्जय मण्डलले जानकारी दिए ।

हाडजोर्नी, श्वासप्रश्वास र आँखा रोगका बिरामी शिविरमा बढी मात्रामा आएका थिए ।


शिविरमा आएका ६५ जना बिरामीको अप्रेशन गर्नुपर्ने देखिएकाले नोबेल अस्पताल रिफर गरिएको छ ।

शिविरमा आँखा रोग, जनरल मेडिसिन, स्त्री रोग, दन्त रोग, बाल रोग, हाडजोर्नी तथा नशा रोग, नाक कान घाँटी, छाला रोग लगायतको निःशुल्क उपचार गरिएको हो ।

ईसीजी, ल्यावटेस्ट र भीडियो एक्सरे पनि निःशुल्क गरिएको छ ।

नोबेल अस्पतालले बिपन्न बिरामीलाई लक्षित गरी पूर्वका बिभिन्न जिल्लामा नियमित रुपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =